चाडपर्बका बेला आईपर्ने चुनौतीप्रति हामी सचेत छौं:प्रजिअ उपाध्याय
काठमाडौ । काठमाडौका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले नेपालीहरुको महान् पर्व विजयादशमी संघारमा आइरहँदा सर्वसाधारणहरुमा सुरक्षा चुनौती र उपभोक्ता हित विपरितका कार्य भईरहेको विषयमा जिल्ला प्रशासन कार्यालय सचेत रहेको बताउनुभएको छ।

तराई विकास तथा सञ्चार केन्द्र नेपालले राजधानीमा आयोजना गरेको चाडपर्वमा हुने बजार अनुगमन तथा शान्ति सुरक्षाको अवस्था विषयक कार्यक्रममा बोल्द वहाँले सो कुरा बताउनु भएको हो ।तराई विकास तथा सञ्चार केन्द्र नेपालका अध्यक्ष तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव गोविन्द प्रसाद चौलागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वहाँले चाडपर्व केन्द्रित शान्ति सुरक्षाको प्रबन्ध मिलाइएको बताउंदै उपत्यकाका तीनवटै जिल्लाको एकीकृत सुरक्षा योजनामा पनि कार्यान्वयनमा ल्याइएको जानकारी पनि दिनुभयो ।उहाँले भन्नुभयो, ‘नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको समन्वयमा सुरक्षा योजनालाई कार्यान्वयनमा ल्याइएको छ।’
उहाँले चाडपर्वमा यात्रुहरुले सास्ती खेप्नुपर्ने विषयसमा समेत जिल्ला प्रशासन कार्यालयले ध्यान केन्द्रित गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘घर फर्किने यात्रुहरुले सास्ती खेप्नु नपरोस् भनेर तीन वटै जिल्लाका प्रतिनिधिहरु सहित यातायात व्यवसायीका प्रतिनिधिहरुको समेत सहभागितामा यात्रुलाई सुरक्षित यात्रा गर्नका लागि १६ बुँदे योजना बनाएर कार्यान्वयनमा लैजाने प्रक्रियामा छौ।प्रमुख जिल्ला अधिकारी उपाध्यायले घर फर्किने यात्रुहरु कष्ट भोग्नुपरेको स्वीकार गर्दै भन्नुभयो आज विहानमात्र नयाँ बसपार्कबाट पश्चिम जान भेला भएका १ हजार यात्रुहरु अलपत्र परेको जानकारी पाएपछि उहाँहरुलाई यातायातको प्रबन्ध गरियो ।’
चाडपर्वको समयमा चोरी लगायतका अपराधिक घटनाहरु समेत बढ्ने हुँदा त्यस्ता घटनालाई नियन्त्रण गर्नका लागि तत्काल रेस्पोन्स गर्ने व्यवस्था मिलाइएको जानकारी गराउनुभयो ।
प्रमुख जिल्ला अधिकारी उपाध्यायले उपभोक्ता हित संरक्षणका लागि सबैभन्दा पहिले आपूर्तिमा सहजीकरण हुनुपर्नेमा जोड दिनुभयो ।
बजार अनुगमनको नेतृत्व वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले गर्दै आएको जानकारी गराउनुहँदै प्रमुख जिल्ला अधिकारी उपाध्ययायले विभागको कार्यलाई सहजीकरण गर्ने, सुरक्षाकर्मी परिचालन गर्ने, जिल्ला पशासन कार्यालयको प्रतिनिधि पठाउने कार्यमा जिल्ला प्रशासन कार्यालय जहिले पनि तयार रहेको बताउनुभयो ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक महेश भट्टराईले उपभोक्ता हित संरक्षणसम्बन्धी सबै संघ संस्था र स्वयम् उपभोक्ताहरुलाई सहकार्यको लागि आह्वान गर्नुभयो ।बजार अनुगमनको क्षेत्रमा झण्डै ९२५ सरकारी एजेन्सीहरु सक्रिय भई बजार अनुगमनको कार्यमा जुटेको भएपनि बजार अनुगमन कार्य सन्तोषजनक नरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘केन्द्रमा ९ वटा विभाग र त्यस अन्र्तगतका संघीय कार्यालयह, ७७ वटा जिल्ला प्रशासन कार्यालय, ७३ वटा इलाका प्रशासन कार्यालय, ७ वटा प्रदेशस्तरीय उपभोक्ता हित संरक्षण निर्देशनालय साथसाथै ७५३ वटा स्थानीय तहहरुले पनि बजार अनुगमन गरिरहेको छ । यसर्थमा ९२५ वटा सरकारी एजेन्सीहरु उपभोक्ताको हक हितमा लागि परेका छन् । यति ठुलो संख्यामा सरकारी एजेन्सीहरु बजार अनुगमन कार्यमा खटिँदा पनि बजार अनुगमन प्रभावकारी हुन सकेको छैन । कुनै पनि उपभोक्ता बजारमा जाँदा ढुक्क हन सक्ने अवस्था छैन । यद्यपि त्यसमा सुधारको प्रक्रियामा हामी छौं ।’
उपभोक्ताको हित संरक्षण सरकारी प्रयासले मात्र हुन नसक्ने भन्दै उहाँले उपभोक्ता हित संरक्षणका क्षेत्रमा काम गर्ने सबै संघ संस्था र आम सञ्चार क्षेत्रलाई समेत हातेमालो गर्न आग्रह गर्नुभयो ।
पछिल्लो समय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमन कार्यलाई तिव्रता बताउँदै भन्नुभयो, ‘सरदर दैनिक ५० वटा फर्ममा अनगुमन गरिरहेका छौँं भने चालु आर्थिक वर्ष २०७९÷८०मा तीन हजार ५ सय फर्ममा अनुगमन गर्ने योजना बनाएको बताउंदै उहाँले व्यापारी तथा व्यवसायीहरुले गल्ती गरको पाइएमा बन्द गराउने नीति नलिएको तर दण्ड जरिवाना भने गर्ने बताउनुभयो ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नेपालमा उपभोक्ता हित विपरितका कार्यहरुले प्रश्रय पाइरहेको हुँदा त्यस्तो कार्यका विरुद्ध आम सञ्चारकर्मीले सशक्त भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।अध्यक्ष बस्नेतले भन्नुभयो, ‘पत्रकार पनि जनताका प्रतिनिधि हुन्, त्यसैले उपभोक्ता हित विपरित हुने महंगी, काजाबजारी लगायतका गतिविधिविरुद्ध सशक्त रुपमा कलम चलाउनुपर्दछ, उपभोक्ता हित संरक्षणमा भूमिका खेल्नुपर्दछ ।’
राष्ट्रिय उपभोक्ता जागरण अभियानका अध्यक्ष कृष्ण प्रसाद भण्डारीले ले हामी उपभोक्ताहरु नै विवेकशिल र सचेत हुन सकेमात्र उपभोक्ता हित संरक्षण हुने बताउनुभो ।नेपालको सन्दर्भमा आम उपभोक्ताहरु चेतना विकास हुन नसकेको भन्दै उपभोक्ताकर्मीहरुले उपभोक्ताको हितमा जारी गर्ने कल्याणकारी कार्य र चेतनामूलक कार्यको मिडियाले सही ढँगले प्रकाशन गरिदिएमात्र आम उपभोक्ताहरु सचेत बन्नेमा जोड दिनुभयो ।
पछिल्लो समय नेपालमा उपभोक्ता हित विपरितका कार्यक्रम बढिरहेको भन्दै त्यस्ता गतिविधि रोक्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, जिल्ला प्रशासन कार्यालय, केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकार आ आफूँले पाएको जिम्मेवारीलाई जिम्मेवार भएर बहन गर्नुपर्ने बताउनुभयो ।
उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले प्रदेश सरकार र स्थानीय सरकारले जुन हिसाबमा जिम्मेवारी लिनुपर्दथ्यो त्यो जिम्मेवारी नलिएको र पूरा नगरेको विद्यमान अवस्था रहेको आरोप लगाउनु भयो ।
बजारमा महंगी अनियन्त्रित अवस्थामा बढिरहेको छ भन्दै उहाँले
कार्यक्रममा संस्थाका तर्फबाट जिल्ला प्रशासन कार्याल काठमाडौका नवनिुक्त प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायलाई खादा लगाएर सफल कार्यकालको लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको थियो ।
त्यसैगरी अन्नपूर्ण दैनिक पत्रिकाको प्रधान सम्पादकमा हालै बढुवा हुनुभएका अखण्ड भण्डारीलाई चौलागाईले सफलताको शुभकामना दिनुभएको थियो ।

