एमाले सम्बद्ध जनसंगठनको आयोजनामा सल्लेरीमा शुभकामना आदानप्रदान सम्पन्न
सोलुखुम्बु।नेकपा एमाले निकट जनसंगठनहरुको आयोजनामा जिल्ला सदरमुकाम सल्लेरीमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

नेपालीहरुको महान चाड बिजया दशमी, शुभ दिपावली ,छडपर्व तथा ल्होसार लगायत पर्वहरुको अवसरमा आयोजित सो शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना पेसागत महासंघ नेपाल ,नेपाल बुद्धिजीवी परिषद ,नेपाल राष्ट्रिय शिक्षक संगठन ,नेपाल निजामती कर्मचारी संगठनले संयुक्त रूपमा गरेका थिए।
नेकपा एमाले सोलुखुम्बुका इन्चार्ज समेत रहेका केन्द्रीय सदस्य मानबीर राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा निबर्तमान प्रदेश १ सांसदद्वय बुद्धिकुमार राजभण्डारी र उत्तमकुमार बस्नेत,एमाले जिल्ला कमिटी सोलुखुम्बुका अध्यक्ष डुफकुमार बास्तोला,जिल्ला कमिटीका उपसचिव दीपक राजभण्डारी र जनसंगठनका नेताहरुको उपस्थिति रहेको थियो।
नेपाल बुद्धिजीवी परिषदका जिल्ला अध्यक्ष मानबहादुर कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा शुभकामना व्यक्त गर्दै प्रमुख अतिथि राईसहितका बक्ताहरुले नेपाली कांग्रेस नेतृत्वको बर्तमान सत्तारुढ गठबन्धन निहित स्वार्थलाई केन्द्रमा राखेर अगाडी बढेका कारण मुलुक संकटमा फस्दै गएको बताउंदै मुलुकलाई संकटको दलदलबाट माथि उठाउन आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्बाचनमा नेकपा एमालेले बहुमत ल्याउनु अपरिहार्य रहेको धारणा राखेका थिए।त्यसका लागि सबै पेशागत संगठनहरुको भूमिका अहंम् हुने भन्दै गठबन्धनलाई पराजित गर्ने गरि अगाडी बढ्न उनीहरूले आयोजकहरुलाई आग्रह समेत गरेका थिए।
नेपाल शिक्षक संगठनका सचिब नवराज राईले सञ्चालन गरेको सो शुभकामना आदानप्रदान कार्यक्रममा स्वागत मन्तव्य पेशागत महासंघका अध्यक्ष कुमार राउतले राखेका थिए।

