कांग्रेसले घोषणापत्रका लागि प्रविधिमार्फत मतदाताको सुझाव संकलन गर्ने
काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्बाचनका लागि तयार गरिने घोषणापत्रका लागि प्रबिधिमार्फत सुझाव संकलन गर्ने भएको छ।

मतदाताको सुझावअनुसार घोषणापत्र निर्माण गर्ने भन्दै कांग्रेसले प्रविधिका विभिन्न माध्यमबाट सुझाव पठाउन शुक्रबार सार्बजनिक आव्हान गरेको हो। त्यसका लागि ह्वाट्स एप, भाइवर, इमो, आफ्नो आवाज रेकर्ड गराएर, क्यूआर कोड स्क्यान गरेर, ई–मेल, ट्वीटर, फेसबुक लगायतको प्रबिधि प्रयोग गर्न सकिने समितिले जनाएको छ।
कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेको छ। समितिले त्यसका लागि आन्तरिक छलफलदेखि ‘प्रत्यक्ष सार्वजनिक संवाद’ सम्मका कार्यक्रम गरिरहेको समितिका प्रवक्ता एवम् सहमहामन्त्री जीवन परियारले बताए ।

