खुम्बु पासाङल्हामुको वडा नं-१ मा विभिन्न टोल बिकास संस्था गठन



खगिन्द्रराज बास्तोला,सोलुखुम्बु। खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर १ का विभिन्न टोल बिकास संस्था गठन गरिएको छ।

वडाध्यक्ष फुनुरू शेर्पाको अध्यक्षतामा सम्पन्न टोल भेलाले ती संस्था गठन गरेको हो। खुम्बु १ को बुप्सा, काँडे, खार्ते, थामडाँडा र मानेडाँडा टोलहरूलाई समेटी टोल बिकास संस्था गठन गरिएको गाउँपालिकाका प्रबक्ता लाक्पा छिरी शेर्पाले जानकारी दिए। खुम्बु पासाङल्हामु गाउँपालिका कार्यपालिका सदस्य एवं सुसाशन तथा संस्थागत बिकास समिति संयोजक ल्हाक्पा गेल्जेन शेर्पा, प्रवक्ता ल्हाक्पा छिरी शेर्पा,र वडा सदस्यहरू , त्रिजन राना मगर, लाक्पा फुटी शेर्पा, अनिल राई लगायतको उपस्थितिमा गठित १५ सदस्यीय संस्थाको अध्यक्षमा गेल्जेन शेर्पा,उपाध्यक्षमा महेन्द्र विक,सचिवमा हस्तबहादुर लिम्बु,कोषाध्यक्षमा श्रीमती पासाङदिकी शेर्पा र सह सचिवमा फुर्तेन्जी शेर्पा रहेका छन् ।

यसैगरी, डड्यान टोल, बौद्ध टोल, बजार टोल, खरिखोला टोल र जौवारी टोललाई समेटी तपशिलका पदाधिकारीहरु रहेको ‘खरिखोला’ टोल बिकास संस्था गठन भएको छ। १५ सदस्यीय सो संस्थाको अध्यक्षमा दैबकुमार मगर,उपाध्यक्षमा तेण्डी शेर्पा,सचिवमा अर्जुनकुमार मगर,कोषाध्यक्षमा श्रीमती विमला रानामगर र सहसचिवमा रामु रानामगर रहेका छन् ।

प्रबक्ता शेर्पाका अनुसार शिक्ली टोल र सिम टोल समेटी “छिलुक देविथान” र “शिक्ली” टोल बिकास संस्था गठन भएको छ । छिलुक देविथान टोल बिकास संस्थाको अध्यक्षमा पेम्बा ग्याल्जेन शेर्पा,उपाध्यक्षमा वीरबहादुर विक सचिवमा निर कुमार विक कोषाध्यक्षमा श्रीमती मिङमा शेर्पा र सहसचिवमा आशदेले राई छन् भने शिक्ली टोल बिकास संस्थाको अध्यक्षमा दानबहादुर मगर उपाध्यक्षमा जगतबहादुर मगर,सचिवमा मिङमार ग्याल्जेन शेर्पा,कोषाध्यक्षमा श्रीमती सिता माया मगर र सह सचिवमा श्रीमती मनीमाया मगर रहेका छन् ।

युलतेङ, स्यामकाई र कुप्रा टोलहरुलाई समेटी गठन गरिएको “युलतेङ” टोल बिकास संस्थामा अध्यक्ष पेम्बा दोर्जि शेर्पा,उपाध्यक्ष दावा रिता शेर्पा सचिव आङ काजि शेर्पा कोषाध्यक्ष श्रीमती मिङमा दोर्जि शेर्पा र सह सचिव सोना फिन्जु

त्यस्तै, कार्यबाहक वडाध्यक्ष त्रिजन रानामगरको अध्यक्षतामा सम्पन्न भेलाले पाङगोम, थाले, र ङ्युङस टोलहरुलाई समेटी तपशिलका १० सदस्यीय “नुर्वुलिङ” टोल बिकास संस्था गठन भएको छ । संस्थाको अध्यक्षमा ल्हाक्पा गेल्जेनशेर्पा,उपाध्यक्षमा पासाङकर्मा शेर्पा,सचिवमा श्रीमती जाङमु शेर्पा,कोषाध्यक्षमा ठिलेनुरू शेर्पा र सह-सचिवमा आङतेण्डी शेर्पा छन्।

यसअघि पाखेपानी,छेउबास,पैंया र च्यादिङ्मा टोल समेटेर नौलेख टोल बिकास संस्था गठन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्