दशैंका लागि बसको टिकट बुकिङ खुला,काउण्टरहरुमा यात्रुको भीड



काठमाडौँ ।दसैंका लागि शनिबारदेखि बसको टिकट बुकिङ खुला भएको टिकट काउन्टरमा यात्रुहरूको भीड लागेको छ।

बुकिङ खुलेसंगै नयाँ बसपार्क,गौशाला,कलंकी,कोटेश्वर लगायतका बस टिकट काउन्टरमा आज बिहानैदेखि यात्रुहरूको भीड लागेको हो। यातायात व्यवसायी महासंघ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, ट्राफिक विभाग र यातायात व्यवसायीहरूको यही भदौ २२ गतेको बैठकले असोज १ गतेदेखि चाडपर्वका लागि अग्रिम टिकट बुकिङ गर्ने निर्णय गरेको थियो ।

यातायात व्यवस्था विभागले परिचयपत्र लगाएका कर्मचारीहरूसँग मात्रै टिकट काट्न पनि यात्रुहरूलाई आग्रह गरेको छ । दसैंको बेलामा यात्रुहरू ठगिने भएकाले त्यसलाई मध्यनजर राख्दै काठमाडौंका यात्रुको चाप हुने स्थानमा टिकट काट्ने स्टल राखिएको अध्यक्ष स्वाँरले बताए ।

प्रतिक्रिया दिनुहोस्