प्रतिनिधिसभाको अन्तिम बैठक आज बस्दै
काठमाडौं ।आज प्रतिनिधिसभाको अन्तिम बैठक बस्ने भएको छ।

राष्ट्रपति कार्यालयले प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्यसम्बन्धी पत्र पनि संसदलाई पठाएको छ। चालु अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुनेगरि पत्र पठाइएको हो। शुक्रबार मन्त्रिपरिषदले अधिवेशन अन्त्यको सिफारिस गरेको थियो।
कार्यकाल विवाद रहिरहेका बेला सरकारको सिफारिसमा अधिवेशन अन्त्य गर्न लागिएको हो। मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन तय भएको छ। २०७४ सालको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले बुझाएको बन्द सूचि पनि आज राति १२ बजेदेखि कायम नरहने निर्वाचन आयोगकोले जनाएको छ। असार २ गते आसन्न निर्वाचनका लागि समानुपातिकको बन्दसूच बुझाउने कार्यतालिका छ।निर्वाचन आयोगले समानुपातिक बन्दसूची बझाउनुभन्दा अघिल्लो दिनसम्म कार्यकाल रहने जनाउ संसदलाई दिएको थियो।जसका कारण यो बैठकलाई यस कार्यकालको अन्तिम मानिएको छ।

