३ हजार ४ सय ७५ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनौट,सोलुखुम्बुबाट २९ वटा



सोलुखुम्बु।मुलुकभर ३ हजार ४ सय ७५ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छाँनिदा सोलुखुम्बुका २९ वटा विद्यालय सो कार्यक्रमका लागि छनौट भएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत निर्देशक समितिको बैठकले मुलुकभर ३ हजार ४ सय ७५ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनौट गरेको थियो ।

चालु आर्थिक वर्षको कार्यक्रममा बजेटको दायराले सम्बोधन गर्न सक्ने गरी छनौट गरिएका विद्यालयमध्ये सोलुखुम्बुमा
सोलुदुधकुण्ड नगरपालिका भित्रका ५ वटा, सोताङ गाउँपालिका भित्रका ३ वटा, थुलुङ दुधकोशी गाउँपालिका भित्रका ५ वटा, माप्यदुधकोशीका भित्रका ५ वटा, महाकुलुङका ४ वटा, नेचासल्यानका ३ र खुम्बु पासाङ ल्हामु गाउँपालिका भित्रका २ र लिखुपिके गाउँपालिका भित्रका २ वटा विद्यालय छनोट भएका हुन।

प्रतिक्रिया दिनुहोस्