कांग्रेसले स्थानीय तह निर्बाचनमा पराजित ब्यक्तिलाई उम्मेदवार नबनाउने
काठमाडौं।नेपाली कांग्रेसले हालै सम्पन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार भएकाहरुलाई उम्मेदवार बन्न रोक लगाएको छ। नेपाली कांग्रेस केन्द्रीय संसदीय समितिको सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा बुधवार बसेको बैठकले उक्त निर्णय गरेको हो।

यो निर्णयसँगै अब कांग्रेसमा स्थानीय निर्वाचनमा उम्मेदवार बनेका व्यक्ति प्रत्यक्ष र समानुपातिक दुबैतर्फ उम्मेदवार बन्न पाउने छैनन्। ‘हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार भएको व्यक्ति प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक तर्फको उम्मेदवार बन्न नपाउने बैठकपछि कांग्रेस केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

