सोलुदुधकुण्ड : पांँच दिने प्रारम्भिक बालबिकास तालिम सुरु



खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।जिल्लाको सोलुदुधकुण्ड नगरपालिकामा ५ दिने प्रारम्भिक बालविकास तालिम सुरु भएको छ । रीड नेपालको आयोजना तथा नगरको समन्वयमा सल्लेरीस्थित जनजागृति आधारभूत विद्यालयमा सो तालिम सुरु भएको हो।

तालिममा प्रारम्भिक बाल विकासको अवधारणा तथा महत्व, बाल शिक्षकको भूमिका, प्रारम्भिक बाल विकासका मापदण्ड, पाठ्यक्रम अध्ययन, कक्षाकोठा व्यवस्थापन, शैक्षिक सामग्री निर्माण, दैनिक कार्यतालिका निर्माण तथा प्रयोग मूल्यांकन, विद्यार्थी अभिलेख लगायतका विषयवस्तुमा छलफल हुने बताइएको छ।

नगरपालिकाकी उपमेयर गान्धीमाया तामाङले उद्घाटन गरेको सो तालिममा नगरपालिकाका १९ विद्यालयका १९ जना शिक्षकहरुको सहभागिता रहेको जनाइएको छ ।

रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीको अध्यक्षतामा मंगलबार उद्घाटन सम्पन्न भएको तालिमको सहजीकरण रीड नेपालका शिक्षा विकास केशवदेव गिरी तथा शिक्षा विकास अधिकृत सुजता राईले गरिरहेका छन् ।

रीड नेपालले सोलुखुम्बुका एक सय शिक्षकहरुलाई तालिम दिने योजना अनुसार सोताङ, महाकुलुङ, थुलुङ दुधकोशी र माप्य दुधकोशी गाउँपालिकाका बालविकास शिक्षकलाई तालिम दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्