कविता – संघर्ष
- सुरेन्द्र यदव
जीवनमा हार हैन धैर्यताको जरुरी छ।
कर्म गर्नेले गरी राख समयको पर्खाइ जरूरी छ।
गर्नेले सधैं जिति राख्छ।
नगर्नेले हार कसरी बुझ्छ ?

पानीको थोपाले ढुङ्गा पनि पग्लिन्छ।
संघर्षको यात्राले सफलता पनि नजिकिन्छ।
शिक्षा र सोचले नयाँ सृजना पनि हुन्छ ।
एक अर्काको सहयोगले देश पनि बदलिन्छ।
काम गर्नेले सानो-ठूलो भन्दैन ।
उदमीलाई कुनै बहानाले छुँदैन ।
कर्मशीलताले दरिद्रता पनि बढ्दैन ।
गर्नेलाई कुनै बाधाले पनि छेक्दैन ।
मनको रोगीलाई फलिफाप हुँदैन ।
कुरा काटनेको कुनै जात हुँदैन ।
प्रयास गर्ने चन्द्रमामा पुग्छ ।
नगर्नेले घरमै बसीबसी पुलुपुलु हेर्छ ।
धनुषाधाम -४, धनुषा

