आफू संधै बामगठबन्धनको पक्षमा रहेको बताउंदै खनाल भन्छन् -‘नेतृत्वमा हुनेले रुचि देखाएनन्’



काठमाडौं।सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलले आफ्नो जिम्मेवारी पूरा गर्न सकेन। सिट बाँडफाँट नै नगरी कार्यदलले बिहीबार शीर्ष नेतृत्वलाई प्रतिवेदन बुझाएको छ।

प्रतिवेदन बुझाएपछि शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार नै सिट बाँडफाँट टुंग्याउने बताएका थिए। तर, शुक्रबार पनि सिट बाँडफाँटको कुनै टुंगो लाग्‍न सकेन।

यही समयमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले निर्वाचनअघि नेकपा माओवादी केन्द्रसँग पार्टी एकता सम्भव नभएको र कार्यगत एकतामात्र हुने बताएका छन्।

समाजवादी प्रेस संगठनले शुक्रबार साँझ पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले आसन्‍न निर्वाचनमा दुई पार्टीको घोषणापत्रसहित चुनावी तालमेल भए पनि एकता नहुने स्पष्ट पारे।

उनले भने, ‘विगतको निर्वाचनमा माओवादी र एमाले साझा घोषणापत्र बनाएर चुनावमा गएका हुन्, अहिले पनि समाजवादी र माओवादी एउटै घोषणापत्र लिएर जान कुनै समस्या छैन।’

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले आफू सधैँ वामगठबन्धन र कम्युनिष्ट एकताका पक्षमा रहे पनि वाम घटकका नेतृत्वमा रहेका नेताहरुले एकतामा रुचि नदेखाएको जिकिर गरे।

प्रतिक्रिया दिनुहोस्