प्रेस विज्ञप्ति: कांग्रेस नेता शुभरामले प्रत्यक्षमा चुनाव लड्छु भनेपछि सभापति शेर्पाले बैठक स्थगित गरे



केदार बस्नेत काठमाडौं । नेपाली कांग्रेस सोलुखुम्बुले प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ । जिल्ला सचिव द्वय भलाकाजी कुलुङ र युवराज घिमिरेद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा `जिल्ला सभापति श्री नाम्गेल जाङ्बु शेर्पाले २०७९ भाद्र १९ गते सामाजिक सञ्जालमा प्रसारित विज्ञप्ति प्रति हाम्रो ध्यानाकर्षण भएको छ,।

प्रमुख सतारुढ दल समेत रहेको कांग्रेसले आगामी मङ्सिर ४ गतेहुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा उम्मेदवार सिफारिस गर्न १९ गते जिल्ला कार्यसमिति बैठक सम्पन्न गरेको थियो ।

सचिवहरु द्वारा हस्ताक्षरित विज्ञप्तिमा जि:का:सको बैठक १ बजेबाट सुरु भयो सुरुमा माईन्युटमा उपस्थिति उठाईयो अनि प्रदेश सभा(क) बाट सिफारिस भएका नेताहरूको नाम सभापतिले छलफलमा पढ्नुभयो । यस्तै अर्को प्रदेश(ख) मा   नेपाली कांग्रेसका नेता शुभराम बस्नेतले बैठकमा आफ्नो  इच्छा प्रदेशको प्रत्यक्षतर्फ चुनाव लड्ने आकांक्षा थियो। एउटा निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रदेश सभा (ख) को क्षेत्रीय कार्यसमितिले १६ गते ८ जना मध्ये बस्नेतको पहिलो नम्बरमा नाम सिफारिस गरेको थियो । बस्नेत जिल्लाको प्रभावशाली युवा नेता हुन । सार्वजनिक गरिएको विज्ञप्तिमा कार्यसमितिको व्यबहारप्रति चित्त नबुझेको बस्नेतले जनाएका थिए ।

चलिरहेको बैठक बस्नेतको विचार सुनेपछि
जिल्ला सभापति शेर्पाले स्थगित गरेको विज्ञप्तिमा भनिएको छ । स्थगित बैठक पुनः सञ्चालन नभएको र सभापतिले एकलरुपमा उम्मेदवारको नाम सिफारिस भयो भनि सामाजिक सञ्जालमा पोष्ट गरेकोमा आपत्ति जनाएका छन् ।

जिल्ला कार्यसमितिको अर्को बैठक आह्वान गर्न सभापतिलाई सचिव द्वयले सुझाव दिएका छन् र बैठक सञ्चालनको प्रतीक्षामा रहेको उल्लेख गरेका छन् सभापतिको एकलरुपमा सिफारिस कांग्रेसको विधि, विधान र नियमविपरीत रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । सभापति शेर्पाको निर्णयमा कुनै पदाधिकारी तथा सदस्य एवं महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधिले समेत अत्तोपत्तो नपाएको सार्वजनिक विज्ञप्तिमा भनिएको छ ।

सभापति शेर्पा र सचिव द्वयको सार्वजनिक विज्ञप्ति हेर्नुस्

प्रतिक्रिया दिनुहोस्