उदयपुरको बेलकामा धारिलो हतियार प्रयोग गरी तीन जनाको हत्या



उदयपुर।उदयपुरको बेलका नगरपालिका ७ गौधाटारमा एक युवाले शुक्रबार एकै परिवारका तीन जनालाई धारिलो हतियार प्रयोगगरी हत्या गरेका छन्।

घरबाट खेतीतर्फ जाँदै गरेका स्थानीय ३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमति ३० वर्षिया सरिता बस्नेत र १२ वर्षिय छोरा सुजन बस्नेतको हत्या भएको हो।

हत्या लगत्तै फरार रहेका आरोपित ४० वर्षीय नरबहादुर बस्नेतलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राकेस पोदारले जानकारी दिए।

बस्नेतले राजकुमारलाई खेतीमा जाँदै गरेको अवस्थामा चौवाटे कुलो र आमा छोरालाई स्थानीय बबिङ खोलामा खुकुरी प्रहार गरी हत्या गरेको उनले बताए। हत्याको कारण भने खुल्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्