काँग्रेसले भाउ खोजे एमालेसंग तालमेल हुनसक्छ : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसले भाउ खोजेमा आउँदो निर्वाचनमा नेकपा एमालेसँग पनि तालमेल हुन सक्ने बताएका छन् ।

आइतबार पार्टीको बागमती प्रदेशमा रहेका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको बैठकमा प्रचण्डले यस्तो बताएका हुन् । संघ र प्रदेशबाट एक महिलासहित तीनजनाको नाम पठाउन निर्देशन दिदै उनले यदि नेपाली कांग्रेसले निहुँ खोजमा एमालेसँग तालमेल हुन सक्ने बताए ।
बैठकमा उनले निर्वाचनमा बाममोर्चा एक भएर जान सकिने पनि बताए । उनले भने -‘गठबन्धनभित्र पनि वाम दलहरु हुनुहुन्छ । बाममोर्चा बनाएर चुनावमा जान सकिन्छ ।’
गठबन्धनभित्र पनि वाम दलहरुरहेको भन्दै उनले वाममोर्चाका रुपमा चुनावको तयारी गर्न सकिन उनको भनाई छ । आउँदो निर्वाचनको लागि गठबन्धन दलहरुबीच सिट बाँडफाँडको बिषयमा छलफल भइरहेपनि सहमतीमा पुग्न सकेको छैन ।
कांग्रेसले १००, माओवादीले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गर्दै आइहेको छ । कूल १६५ निर्वाचन क्षेत्र रहेकोमा दलहरुले आआफ्नो दाबी पेस गरेका हुन् । दलहरुको दाबी भने कुल २ सय ३४ पुगेको छ ।

