सोलुखुम्बु कांग्रेसको बैठक भाद्र १५ गते बस्ने



केदार बस्नेत,सोलुखुम्बु।नेपाली कांग्रेस जिल्ला कार्य समिति सोलुखुम्बुको बैठक भाद्र १५ गते बस्ने भएको छ।

पार्टी केन्द्रले भदौ १० गतेदेखि सुरु गरेको ‘जनताको साथमा कांग्रेस’अभियानलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्नका लागि केन्द्रीय प्रतिनिधिसहितको बैठक बोलाईएको सभापति नाम्गेलजाङबु शेर्पाले जानकारी दिए।

कांग्रेसले तेस्रो चरणसम्म सञ्चालन हुने अभियानका लागि सोलुखुम्बुमा केन्द्रीय सदस्य कल्पना चौधरीलाई केन्द्रीय प्रतिनिधिका रूपमा खटाएको छ। चौधरीसहित बैठकमा जिल्ला समितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य, महाधिबेशन प्रतिनिधि, प्रदेश सभा सभापति, प्रदेश अधिबेशन प्रतिनिधि, जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, कांग्रेसबाट स्थानीय तहमा निर्वाचित प्रमुख र उपप्रमुख, स्थानीय तहका प्रमुख र उपप्रमुखका उम्मेदवार र पालिका सभापतिहरुको सहभागिता रहने छ ।

प्रतिक्रिया दिनुहोस्