थुलुङदुधकोशीमा फेरि बन्दै १५ शैय्याको अर्को अस्पताल

सोलुखुम्बु। गाउँपालिकाको केन्द्र मुक्लिमा निर्माण सम्पन्न भएर औपचारिक सञ्चालनमा आएसंगै जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकामा अर्को अत्याधुनिक अस्पतालको निर्माण सुरु हुने भएको छ।

अशिम राई गाउँपालिका अध्यक्षमा पहिलो कार्यकालका लागि ०७४ सालमा निर्बाचित भएसगैं महत्वाकांक्षी योजनाका रूपमा अघि बढाएको दुधकोशी सामुदायिक अस्पताल असोज ५ गतेबाट सन्चालनमा ल्याउने तयारी छ।५० शैय्याको सो अस्पताल सन्चालनमा आएसंगै अध्यक्ष राईकै दोश्रो कार्यकालमा वडा नं ४ ,५ र ६ का बासीन्दाहरुको स्वास्थ्य समस्यालाई दृष्टिगत गरि सुकेपोखरीमा १५ शैय्याको अर्को थुलुङ दुधकोशी अस्पताल निर्माण सुरु गर्न लागिएको हो।
नेतृत्वले सपना देख्यो र त्यसलाई बिपनामा परिणत गर्न सक्रियता बढायो भने असम्भव केहि छैन भन्ने कुरा दाताहरुको सहयोगमै अत्याधुनिक अस्पताल निर्माण सम्पन्न गरेर गाउँपालिका अध्यक्ष राईले प्रमाणित गरेका छन् ।
गाउँपालिका अध्यक्ष राईका अनुसार सो अस्पताल १९ करोडको लागतमा निर्माण गर्न लागिएको हो। संघीय सरकारको आर्थिक सहयोगमा निर्माण सम्पन्न हुने अस्पतालका लागि योग्यता पूगेका निर्माण कम्पनीले एक महिनाभित्र ebdd गर्न सक्ने गाउँपालिकाले जनाएको छ।सुरु भएको १८ महिनाभित्रै अस्पतालको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष राईले जानकारी दिए।

