गजल

- मनुहाङ किराँती ‘साेलु’
अमृतै पिलाएर बेसरी
आँखिभाै मिलाएर बेसरी

आउछिन् उनी साथमा सधैँ
त्याै मनै विलाएर बेसरी
माेहनी लगाउदै छ जादुकाे
सीयुले सिलाएर बेसरी
भित्र-भित्र झन् स्वार्थ पालिए
काउ्कुती चिलाएर बेसरी
आखिरी डुवायाे विस्वासमा
आँसु याे दिलाएर बेसरी
छन्द: कनक सुन्दरी
शुत्र संकेत: (sis iss isi s)
महाकुलुङ ५ ,साेलुखुम्बु

