रामकुमारी झाँक्री महिलाहरुको छुट्टै पार्टी खोल्ने तयारीमा!
काठमाडौं।नेकपा एकीकृत समाजबादीकी नेत्री रामकुमारी झाँक्रीले छुट्टै पार्टी खोल्ने संकेत गरेकी छन।

शहरी बिकास मन्त्री समेत रहेकी झाँक्रीले बिहिवार ट्विटमार्फत सो संकेत गरेकी हुन।पार्टीले पुराना मन्त्री फिर्ता बोलाएर नयाँ नियुक्त गर्ने बिषयमा बिहीबार दिउँसो पार्टीको सचिवालय बैठकमा अध्यक्ष माधव कुमार नेपालसँग चर्काचर्की गरेकी झाँक्रीले अपरान्ह ट्विटमार्फत महिलाको मात्रै छुट्टै नयाँ पार्टी खोल्ने बहस खुला गरेकी हुन् ।
झाँक्रीले फिलिपिन्सको द ग्याब्रिएला वुमेन्स पार्टीको उदाहरण दिँदै नेपालमा पनि त्यस्तै पार्टीको आवश्यकता रहेको औँल्याएकी थिइन् । उनले सामाजिक सञ्जाल ट्विटरमा सो कुरा लेखेकी छिन् ‘नेपालमा पनि त्यस्तै पार्टी जरुरी छ। यसमा बहस र प्रतिक्रिया जनाउनुहोस्’, अंग्रेजी भाषामा झाँक्रीले लेखेकी थिइन् ।
पार्टी बैठकपछि झाँक्री तयारी बिनाको एउटा योजना शिलान्यास गर्न टेकु पुगेकी थिइन् । कार्यक्रमबाट फर्केपछि झाँक्रीले अपरान्ह ४ बजेतिर त्यसबारे बहस खुला गरेकस् थिइन ।
द ग्याब्रिएला वुमन्स पार्टी के हो भनेर व्याख्या गरेकी छिन् । झाँक्रीले लेखे अनुसार ग्याब्रिएला फिलिपिन्सको एउटा प्रगतिशील राजनीतिक पार्टी हो । जसले महिलाको विषय र प्रतिनिधि सभामा महिलाको प्रतिनिधित्वका विषयमा वकालत गर्छ ।
माधव नेपालले दुईहप्ता अघि नै आफूहरुलाई थाहै नदिइ मन्त्रीबाट फिर्ता गराउने निर्णय गरेकामा झाँक्री र पर्यटन मन्त्री प्रेम आलेले प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्झाइबुझाइ गरेर मन्त्री पद थमाएका थिए ।
सचिवालय बैठकमा माधव नेपालले अब केही घण्टामै मन्त्री फेर्ने सूचना दिएका थिए । माधव नेपालको शैलीसँग पूर्ण रुपमा असहमत भएकी झाँक्रीले महिलावादी पार्टीको बखान गरेर विद्रोहको संकेत गरे पनि उनले यो विषयमा केही तयारी गरेकी छिन् त भन्ने प्रश्न उठेको छ ।

