नेचासल्यान : कांग्रेसले गर्‍यो पांँच नेतालाई कारबाहीको सिफारिस( को- को छन्?)




सोलुखुम्बु।गएको बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्बाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको भन्दै नेचासल्यान वडा नं -३ समितिले ५ जनालाई कारबाही गर्न जिल्ला कार्यसमिति समक्ष सिफारिस गरेको छ।

नेपाली कांग्रेसकातर्फबाट गाउँपालिकाको वडा नं-३ मा वडाध्यक्षको उम्मेदवार बनेका चन्द्र आचार्यलाई पराजित गर्न बिपक्षी उम्मेदवारलाई सहयोग गरेको आरोप लगाउंदै कांग्रेस ३ नं वडा समितिले बिहिवार उनीहरूमाथि कारबाहीका लागि सिफारिस गरेको हो।

कारबाही सिफारिस गरिएकाहरुमा नेपाली कांग्रेस प्रदेश ‘क’ क्षेत्रीय समितिका सचिब हेमराज भट्टराई,महाधिवेशन प्रतिनिधि पूजा फुयाल,जिल्ला कार्य समिति सदस्य लोचन कुमार जमरकट्टेल,पूर्ब जिल्ला कार्यसमिति सदस्य सन्तोष कटेल र क्रियाशील सदस्य राजेन्द्र घिमिरे छन् ।

जिल्ला कार्यसमिति सभापतिसमक्ष सांगठनिक कारबाही गर्न गरिएको सो सिफारिसमा वडा सचिब शम्भु घिमिरेले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया दिनुहोस्