विष्णुपुकार चीनका लागि नेपाली राजदूत नियुक्त
काठमाडौँ । चीनका लागि नेपाली राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन् ।

नेकपा माओवादी केन्द्रको कोटाबाट श्रेष्ठ राजदूतमा सिफारिस भएका हुन् । बिहीबार उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी हुन् ।
मन्त्रिपरिषदबाट चीनका लागि नेपाली राजदूतमा उनको नाम सिफासि गरेको थियो । उनको नामलाई संसददीय समितिले पनि अनुमोदन गरेको थियो ।

