नेपाल मजदुर किसान पार्टीका अध्यक्ष बिजुक्छेलाई पत्नी शोक



भक्तपुर।नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेलाई पत्नीशोक परेको छ ।

६२ वर्षीया बिजुक्छे पत्नी शोभा
प्रधानको क्यान्सरका कारण बुधबार दिउँसो ललितपुर हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको नेमकिपाका जिल्ला अध्यक्ष एवं प्रदेश सांसद सुरेन्द्रराज गोसाईंले जानकारी दिए ।

रामेछाप ठोसेमा जन्मिएकी प्रधानको नेता बिजुक्छेंसँग २०४० मंसिर ११ गते विवाह भएको थियो । उनीहरुको सुवेग र सुवान गरी दुई छोरा छन् ।

शिक्षण पेशामा आवद्ध प्रधान नेमकिपाको नेपाल क्रान्तिकारी महिला संघको सदस्य थिइन् । पहिलोपल्ट क्यान्सरमुक्त भएकी प्रधान क्यान्सर दोहोरिएपछि थलिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्