बुधबारबाट आपतकालीन उडान समेत बन्द गर्ने वायुसेवा सञ्चालक संघको घोषणा



काठमाडौं।वायुसेवा सञ्चालक संघ, नेपालले बुधबारबाट लागू हुनेगरी संघसँग आवद्ध हेलिकोप्टर तथा हवाई सेवा कम्पनीले प्रदान गर्दै आएका आपतकालीन उडान सेवा बन्द गर्ने भएको छ । मंगलबार काठमाडौंमा आयाेजित पत्रकार सम्मेलनमा यसबारेमा जानकारी गराइएको हो ।

वायु सेवा सञ्चालक संघ, नेपालले विमानस्थल सेवा शुल्क नियमावली २०७८ मा यात्रु सेवा शुल्क ल्यान्डिङ, पार्किङ, नेभिगेसन लगायतका सम्पूर्ण शुल्कवृद्धि फिर्ताको माग गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको श्रृजित समस्या र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन प्राधिकरण पनि संघका गुनासाप्रति उदासिन भएको भन्दै आपत्कालीन उडान सेवा बन्द गर्ने जनाएको हो।

प्रतिक्रिया दिनुहोस्