रबि लामिछाने पुराना पार्टीमा नजाने,गरे ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्माण गर्ने घोषणा



काठमाडौं।पत्रकारिता छाडेर राजनीतिमा होमिएका पत्रकार रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी निर्माणको घोषणा गरेका छन्।

राष्ट्रिय सभागृहमा आफ्नो राजनीतिक यात्राका बारेमा जानकारी दिँदै लामिछानेले अरु दलसँग पनि छलफल गरेको भए पनि आफू आशावादी नभएको बताए। त्यसैले व्यवस्था परिवर्तनको मुद्दा आफ्नो नभएको लामिछानेको भनाइ छ।उनले भने,-‘अवस्था भने बदल्नु छ।’

उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको प्रश्न कायमै रहेको बताए। ‘नाम लिएर आफ्नो जीवन उकासेकाहरुका लागि मेरो प्रश्न कायमै छ,’उनले भने।

लामिछानेले अरु राजनीतिक दलसँग पनि यसअघि आफूले छलफल गरेको भए पनि उनीहरुसँग सहकार्य नभएको जानकारी दिए।लामिछानेले आफू अहिलेसम्म दर्ता भएका कुनै पनि राजनीतिक दलमा प्रवेश नगर्ने घोषणा पनि गरे।लामिछानेले प्रस्ताव गरेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचनमा उम्मेदवार बन्न चाहने व्यक्ति पहिले पार्टीभित्रबाट निर्वाचित हुनुपर्ने व्यवस्था गर्ने बताईएको छ । त्यसका लागि पार्टीमा ‘प्राइमरी’ आयोजना गर्ने उनको भनाइ छ ।

त्यसै गरी पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको अवधारणा राख्ने, ‘राइट टु रिकल, राइट टु रिजेक्ट’को व्यवस्था हुने लामिछानेले बताए ।

साथै डिजिटल डेमोक्रेसीको अभ्यास गर्ने, परिवारवादलाई पूर्णरुपमा निषेध गर्ने, भातृ संगठन र कार्यकर्तारहित पार्टी हुने तथा उद्योगी व्यापारीबाट कहिल्यै चन्दा नलिने लामिछानेले उद्घोष गरेका छन्

प्रतिक्रिया दिनुहोस्