जिल्लाको बिकासका लागि सबै जनप्रतिनिधिबीचको सहकार्यमा सांसद राजभण्डारीको जोड



सोलुखुम्बु। नेकपा एमाले प्रदेश नं १ संसदीय दलका प्रमुख सचेतक बुद्धीकुमार राजभण्डारीले जिल्लाको विकास र समृद्धिका लागि सबै जनप्रतिनिधिहरुबीच सहकार्य हुनु जरुरी रहेको बताउनुभएको छ।

नेपाल पत्रकार महासंघ सोलुखुम्बु शाखाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले प्रदेश संगठन कमिटी सदस्य समेत रहेका राजभण्डारीले तीनै तहका जनप्रतिनिधिबीचको सहकार्यमा काम गर्न सके जिल्ललाई उदाहरणीय बनाउन सकिने बताउनुभएको हो।

तीन तहको सरकार मध्ये स्थानीय सरकार सबैभन्दा बलियो रहेको बताउंदै वहाँले स्थानीय तहका जनप्रतिनिधिहरुलाई जिम्मेवार भएर अगाडी बढ्न आग्रह गर्नुभयो।

वहाँले यथार्थपरक ढंगबाट कालोलाई कालै र सेतोलाई सेतै भन्न हिम्मत गर्न पत्रकारहरुलाई आग्रह पनि गर्नुभयो ।पत्रकारले कालोलाई कालै र सेतोलाई सेतै भन्न नसक्ने हो भने त्यो पीत पत्रकारिता हुने वहाँको भनाई थियो ।

महासंघ सोलुखुम्बु शाखाका अध्यक्ष नुतन श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा गत स्थानीय तह निर्बाचनमा जिल्लाका स्थानीय तहहरुमा निर्बाचित प्रमुख तथा उपप्रमुखहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्