राहदानी बिभाग आईतवार पनि खुल्ने
काठमाडौँ। राहदानी विभागले सार्वजनिक बिदाको दिन आइतबार पनि खुल्ने भएको छ।

सेवाग्राहीको चाप बढेका कारण अर्को व्यवस्था नभएसम्मका लागि आइतबार १० देखि ४ बजेसम्म खोल्न लागिएको बिभागले जनाएको छ।पेट्रोलियम पदार्थको खर्च कटौती गर्न भन्दै सरकारले आईतवार पनि सार्बजनिक बिदा दिने निर्णय गरेको थियो।
विभागले राहदानीको लागि आवेदन दिएका सेवाग्राहीले बुकिङ गरेको सम्बन्धित मिति र समयमा विभागमा आउन अनुरोध पनि गरेको छ ।

