नेचासल्यान गाउँपालिका :यस्ता छन् प्रथम गाउँ कार्यपालिका बैठकका निर्णय



सोलुखुम्बु।नेचासल्यान गाउँपालिकाले नि:शुल्क एम्बुलेन्स उपलब्ध गराउन भारतीय दुतावासलाई अनुरोध गर्ने भएको छ।

गाउँकार्यपालिकाका निर्बाचित सदस्यहरुले सपथ लिए लगत्तै बिहिवार बसेको गाउँ कार्यपालिकाको प्रथम बैठकले प्राथमिक स्वास्थ्यकेन्द्र सल्यानको मातहत रहने गरि सन्चालन गर्न भारतीय दूतावाससंग नि:शुल्क एम्बुलेन्स उपलब्ध गराउन अनुरोध गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष धन्जन राईले जानकारी दिए।

अध्यक्ष राईका अनुसार बैठकले साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट)विकास संचालन कार्यविधि २०७९ पारित गर्नुका साथै राजस्व परामर्श समिति र न्यायीक समितिमा सदस्य नियुक्त गर्नुका साथै कार्यपालिका गठन हुनुअघि गाउँपालिकाले गरेका निर्णयलाई अनुमोदन समेत गरेको छ ।

यसअघि गाउँपालिकाको बैठकले २०७९ जेठ १ गते पश्चात नेचासल्यान गाउँपालिकामा स्थायी ठेगाना भएका दम्पतिबाट जायजन्म भएका बालिकाहरुको जन्मेको ३ महिना भित्र जन्मदर्ताको आधारमा गाउँपालिकाको अनुदान नगद २ हजारबाट बालिका बचत खाता सञ्चालन गर्ने तथा बजेट व्यवस्थापन गर्ने, नेचासल्यान गाउँपालिकाको प्रशासनिक भवन निर्माणका निम्ती निःशुल्क जग्गा प्राप्तिका लागि पहल गर्ने, सुत्केरी तथा गर्भवति महिलाहरुको जटिल स्वास्थ्य उपचार गर्न स्वास्थ्य केन्द्र नेचा, जिल्ला अस्पताल, ओखलढुंगा मिसन र रुम्जाटार अस्पताल लैजानुपर्ने अवस्थामा स्वास्थ्यकर्मीको सिफारिसमा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्