स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई माओवादी केन्द्रले प्रशिक्षण दिने
काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई एकै ठाउँ राखेर प्रशिक्षण दिने भएको छ ।

पार्टीका तर्फबाट जनप्रतिनिधिहरूले गर्ने कामलाई प्रभावकारी बनाउन माओवादीले एकै ठाउँमा राखेर प्रशिक्षण दिन लागेको हो ।पार्टीको केन्द्रीय कार्यालयको बुधबार बसेको बैठकले आगामी जेठ १८ र १९ गते स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई काठमाडौंमा प्रशिक्षण दिने निर्णय भएको नेता हरिबोल गजुरेलले जानकारी दिए। उनका अनुसार पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित विशेषज्ञले देशैभरका स्थानीय तहका प्रमुख/उपप्रमुखलाई प्रशिक्षण दिने कार्यक्रम तय भएको छ ।
गत २०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादीले ७ सय ५३ स्थानीय तहमध्ये १ सय ६ स्थानीय तहमा निर्वाचन जितेको माओवादीले यसपटक १ सय २१ स्थानीय तहमा जित हासिल गरेको छ ।

