विवेकशील साझाको अध्यक्षबाट रविन्द्र मिश्रले दिए राजीनामा




काठमाडाै।विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले पदबाट राजीनामा दिनुभएकाे छ । पालिका चुनाव २०७९ मा साेचेअनुसार परिणाम ल्याउन नसकेकाे भन्दै आफूले राजीनामा दिएकाे उहाँले बताउनुभएकाे छ ।

मिश्रले आफ्नाे फेसबुक पेजमा स्टाटस शेयर गर्दै यसबारे जानकारी गराउनुभएकाे हाे ।

‘हाम्रा उम्मेदवारहरू इमानदार र सक्षम हुँदाहुँदै राम्रो नतिजा हाँसिल गर्न नसक्नुको जिम्मेवारी पार्टी नेताका रूपमा मैले लिनुपर्छ’ उहाँले लेख्नुभएकाे छ, ‘निर्वाचनमा जस्तो परिणाम आयो त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु ।’

उहाँले आफू पार्टीकाे साधारण सदस्य भने रहिरहने बताउनुभएकाे छ ।

प्रतिक्रिया दिनुहोस्