प्रहरीको पाँच एआईजीपीमा बढुवा सिफारिस
काठमाडौं।नेपाल प्रहरीमा रिक्त रहेकाे अतिरिक्त प्रहरी महानिरीक्षक(एआईजी) पाँच पदका लागि पाँचै जना सिनियर डीआईजीहरू बढुवा सिफारिसमा परेका छन् । बढुवा सिफारिसमा पर्नेहरू डीआईजीपीहरू मध्ये गठबन्धन सरकारका गृह मन्त्री बालकृष्ण खाँणले यसभन्दा अघि अन्याय गरेर अघि बढुवा नपरेका वरिष्ठ डीआईजी उत्तमराज सुवेदी यस पटक भने एक नम्बर एआईजीमा बढुवा सिफारिसमा परेका छन् । बढुवा सिफारिसकाे २ नम्बरमा अरूण कुमार बिसी परेका छन् ।

डीआईजीद्वय सुवेदी र बिसी नेपाल प्रहरीका प्राेफेसनल र राम्रा वरिष्ठ अधिकृतहरू मध्ये गनिन्छन् । एआईजी पदमा बढुवाका लागि तेस्राे नम्बरमा वरिष्ठ डीआईजी मध्येकै दिवेश लाेहनी परेका छन् । एआईजीपी पदमा बढुवाका लागि चाैथाे नम्बरमा डीआईजी मुकुन्दराज आचार्य परेका छन् भने पाँचाै नम्बर डीआईजी पूजा सिंहकाे बढुवा सिफारिस भएकाे छ ।

