सौन्दर्य प्रतियागितामा सहभागी किशोरी बलात्कार गरेको आरोप लागेका ब्यक्ति पक्राउ




काठमाडौँ । काठमाडौँमा आयोजित सौन्दर्य प्रतियोगितामा सहभागी भएकी एक प्रतियोगीलाई बलात्कार गरेको आरोप लागेका मनोज पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार उपत्यकाको अपराध अनुसन्धान शाखाले पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो। २०१४ मा भएको सौन्दर्य प्रतियोगितामा सहभागी भएकी एक किशोरीले बुधवार आफ्नो टिकटक मार्फत २० वटा भिडियोसार्वजनिक गरी मोडल ग्लोबल भिसाज कन्सलटेन्सीका सञ्चालक समेत रहेका मनोज पाण्डेले आफुमाथि ब्ल्याकेल मेल गरेर ६ महिना सम्म बलात्कार गरेको आरोप लगाएकी छन् ।

पीडित युवतिले त्यति बेला आफु १६ वर्षको मात्र भएको बताएकी छन् । आफुलाई प्रतियोगिता पछि सक्सेस पार्टी भन्दै होटलमा बोलाएर लागुपदार्थ सेवन गराई पटक पटक यौन दुव्र्यवहार गरेको कारण आफ्ना सपनाहरु टुटेका मात्रै छैनन्, आत्मबल र सामाजिक सम्बन्धहरु भत्किनुको साथै आफुले औषधिको साहरा लिएको समेत बताएकी छन् ।

यो घटना सार्वजनिक भएसंगै अहिले सडक, सदन र चोक चोकमा न्यायको माग भैरहेको छ । बलत्कार सम्बन्धि मुद्धाको विषयमा हदम्याद हुने कानुनि प्रावधान रहेको भन्ने विषयमा सांसदहरु र सडकमा युवाहरुले यसलाई परिवर्तन गर्नुपने माग गरिरहेका छन् ।

शुक्रकार गृहमन्त्रालयको निर्देशनमा घटनाको छानबिन गर्न प्रहरी वरिष्ठ उपनिरिक्षक बसन्त कुँबरको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । यो घटनाको विषयमा थप अनुसन्धान गर्नका लागि पाण्डेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्