बालेन झन्झन् बढाउंदै अग्रता, ल्याए ३३ हजार २ सय ६०
काठमाडाैं।काठमाडौँ महानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले अहिलेसम्म ३३ हजार २ सय ६० मत पाएका छन् ।

पछिल्लो मत परिणाम अनुसार काठमाण्डौ महानगरमा ९० हजार २ सय ९२ मत गणना गरिएको छ ।
नेकपा एमालेबाट मेयर पदका उम्मेदवार केशव स्थापितले १७ हजार ६ सय ९२ मत पाएका छन्।बालेनले पाएको यो मत स्थापितभन्दा साह १५ हजार ५ सय ६८ मतले अगाडि हो।
यस्तै, मेयर पदका अर्का प्रतिस्पर्धी नेपाली कांग्रेसकी सिर्जना सिंहले १७ हजार ५ सय ७९ मत प्राप्त गरेकि छन्।

