मण्डन देउपुरको नगरप्रमुखमा एकीकृत समाजबादीका टोकबहादुर निर्बाचित
काभ्रे। मण्डन देउपुर नगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीका टोकबहादुर तामाङ निर्वाचित भएका छन्।

गठबन्धनको तर्फबाट वाइवाले ९ हजार ४०६ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी एमालेका बिदुर सापकोटाले ८ हजार ३५१ मत पाएका छन्। नगर प्रमुखमा निर्वाचित तामाङ यस अघि पनि ०७४ मा एमालेबाट निर्वाचित भएका थिए।
नगरको उपप्रमुख पदमा गठबन्धनबाटै नेपाली कांग्रेसको तर्फबाट बिष्णुमणि नेपाल विजयी भएका छन्। नेपालले ११ हजार ३०५ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी एमालेबाट सरिता ढकालले ६ हजार ९२४ मत ल्याएकी छन्।उपप्रमुखमा निर्वाचित नेपाल ०७४ मा नगरको १० नं. वडामा अध्यक्ष निर्वाचित भएका थिए।

