नेचासल्यान : गाउँपालिका अध्यक्षमा धन्जन र उपाध्यक्षमा बिना राई निर्बाचित



सोलुखुम्बु ।नेचासल्यान गाउँपालिकाको अध्यक्षमा धनजन राई बिजयी भएका छन् ।

नेपाली कांग्रेस सोलुखुम्बु जिल्ला प्रदेश ‘क’ का सभापति रहेका राईले नेकपा एमालेका उम्मेदवार डुफकुमार बास्तोलालाई २२२ मत अन्तरले पराजित गर्दै गाउँपालिका अध्यक्षमा निर्बाचित भएका हुन्।

शुक्रवार सम्पन्न स्थानीय तह निर्बाचनको अन्तिम मत परिणाम अनुसार अध्यक्षमा निर्बाचित राईले २ हजार ५ सय ६९ र उनका प्रतिद्वन्द्वी नेकपा एमालेका बास्तोलाले २ हजार ३ सय १३ मत प्राप्त गरेका थिए।

गाउँपालिका उपाध्यक्षमा पनि कांग्रेसकै बिना राई निर्बाचित भएकी छन्। राईले निकटतम प्रतिस्पर्धी एमालेकी सृजना राईलाई ११२५ मतान्तरले पराजित गरेकि छन्। उनले २ हजार ९ सय ६ मत प्राप्त गर्दा नेकपा एमालेकी सिर्जनाले १ हजार ७ सय ८१ मत प्राप्त गरेकी थिइन।

प्रतिक्रिया दिनुहोस्