नेचासल्यान-५ को वडाध्यक्षमा राजन राईसहित एमालेको प्यानलै बिजयी
सोलुखुम्बु।नेचासल्यानको वडा नं ५ मा नेकपा एमालेको प्यानलै बिजयी भएको छ।

शुक्रवार भएको स्थानीय तह निर्बाचनको मंगलबार सम्पन्न मतगणनामा सो वडामा राजन राई नेतृत्वको प्यानल बिजयी भएको हो।राई ०७४ सालको स्थानीय तह निर्बाचनमा पनि सोही वडाका निर्बाचित वडाध्यक्ष हुन्।
नेचासल्यान ५ वडाअध्यक्षमा नेकपा एमालेका राजन राई दोहोरिएका छन् । २०७४ को निर्वाचनमा अध्यक्षमा निर्वाचित भएर एक कार्यकाल सम्हालिसकेका राईले स्थानीय तहको निर्वाचन २०७९ मा पनि वडाअध्यक्षमा जित हात पारेका छन् ।
वडाध्यक्षमा पुनः निर्बाचित राईले ५ सय र उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सन्तु राईले ४०३ मत पाएका थिए ।

