अझ उत्साहका साथ जनताको सेवामा लाग्ने बास्तोलाको प्रतिबद्धता




सोलुखुम्बु।नेचासल्यान गाउँपालिकाका निबर्तमान अध्यक्ष डुफकुमार बास्तोलाले आफू बिगतमा जस्तै जनताको सेवामा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।

गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्बाचनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका धन्जन राईसंग पराजित भएपछि बास्तोलाले सामाजिक सञ्जालमार्फत सो प्रतिबद्धता व्यक्त गरेका हुन्।नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार रहेका बास्तोला राईसंग २२२ मत अन्तरले पराजित भएका छन्।तिनै राई अघिल्लो निर्बाचनमा बास्तोलासंग गाउँपालिका अध्यक्षमा पराजित भएका थिए।

लोकतान्त्रिक प्रक्रियामा सहभागी भइसकेपछि जित र हारलाई स्वीकार्नु पर्ने उल्लेख गर्दै बास्तोलाले सुर्यचिन्हमा मतदान गर्नुहुने सम्पूर्ण मतदाता तथा पार्टी कार्यकर्ताहरुलाई बिचलित र निराश नहुन अनुरोध गरेका छन् ।

बिगत लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दा हार र जितका दुबै अनुभवहरु रहेको उल्लेख गर्दै बास्तोलाले अगाडि भनेका छन्,-“यस पटकको निर्वाचनमा पार्टीले नेचासल्यान गाँउपालिकाको अध्यक्षमा पुन दोहोरिने गरी उमेद्वारी दिने निर्देशन दियो ,त्यसैलाइ आत्मसात गर्दै मतदाताको घरदैलो ,भेटघाट ,छलफल र अन्तरक्रियामा सकारात्मक उर्जा प्राप्त भएकै हो ।तथापि केही मतदाताहरुको मैंले मन जित्न बांकि नै रहेछ । हामिलाइ चौतर्फी घेराबन्दी थियो ।यसका बाबजुद नेकपा एमालेलाई बिजयी गराउन सक्रियतापूर्बक लाग्नुहुने पार्टी नेता ,कार्यकर्ता, सबैप्रति आभार व्यक्त गर्दछु । निर्वाचन सम्पन्न गर्नका लागि अहोरात्र खट्नु हुने निर्वाचन अधिकृतको कार्यलय,कर्मचारी,सुरक्षाकर्मी साथीहरु सरोकारित सबैलाई धन्यवाद दिन चाहान्छु । बिगत जस्तै जनताकै सेवामा अझ उत्साहका साथ खटिरहने प्रतिबद्धता व्यक्त गर्दछु। निर्वाचित सबै साथीहरू लाई बधाई तथा शुभकामना व्यक्त गर्दछु ।बिजयी भएका प्रतिनिधिहरुको समृद्धि नेचासल्यान बनाउने अभियानमा सकारात्मक सहयोग र गलत कार्यप्रति खबरदारी गर्दै सकारात्मक भुमिका निर्वाह गर्नेछु।”

प्रतिक्रिया दिनुहोस्