पूर्बसभामुख महरा एकसाता खट्दा पनि माओवादी केन्द्र उनकै वडामा पराजित

घोराही। घोराही उपमहानगर-१७ मा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन्।

पूर्व सभामुखद्वय कृष्णबहादुर महरा र ओनसरी घर्तीको गृह वडा रहेको सो वडामा नेकपा (एमाले) का वडा अध्यक्षका उम्मेद्वार रामलौटन चौधरी प्यानल सहित विजयी भएका हुन्।
चौधरीले निकटम प्रतिस्पर्धी गठबन्धन तर्फबाट नेकपा (माओवादी केन्द्र) का पदम केसीलाई २१७ मतान्तरले पराजित गरेका हुन्। चौधरीले २ हजार १७१ र केसीले १ हजार ९५४ मत प्राप्त गरेका छन्।
उक्त वडामा २०७४ को स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले प्यानल नै जितेको थियो। तर, यसपटक पाँच दलीय गठबन्धन गर्दा समेत पराजित ब्यहोरेको छ।
माओवादी केन्द्रका प्रवक्ता समेत रहेका महराको घर घोराही-१७ पनौरामा छ। उनको घर नजिकै मतदान भएको थियो। महराले गठबन्धनकf उम्मेद्वारलाई विजयी गराउन एक साता गाउँमै खटेका थिए।

