नेपाली कांग्रेसको गढ थुलुङदुधकोशीमा अशिम राईको ऐतिहासिक दोश्रो जित
सोलुखुम्बु।जिल्लाको थुलुङदुधकोशी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार अशिम राई अध्यक्षमा पुनः निर्बाचित भएका छन्।

बैशाख ३० गते हुने स्थानीय तह निर्बाचनको आईतवार सम्पन्न मतगणनामा ४ हजार ४९ मतसहित गाउँपालिका अध्यक्षमा निर्बाचित भएका हुन्।राईका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बीरबहादुर गुरुङले ३ हजार ५ सय ११ मत प्राप्त गरेका छन्।नेपाली कांग्रेसको गढ मानिने थुलुङ दुधकोशी गाउँपालिका अध्यक्षका रूपमा राईको यो दोश्रो कार्यकाल हो।
उपाध्यक्षमा माओवादी केन्द्रकै उम्मेदवार सविता राई पुनः निर्बाचित भएकी छन्।उनले ३ हजार ८ सय मत प्राप्त गर्दा कांग्रेसकी एका कुमारी कार्कीले ३५२३ मत ल्याएकि छन्।
अध्यक्षमा निर्बाचित राई नेकपा माओवादी केन्द्र जिल्ला समन्वय कमिटी सोलुखुम्बुका संयोजक समेत हुन्। अध्यक्ष निर्बाचित भएपछि राईले आफुलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्ण पक्षलाई धन्यवाद व्यक्त गर्दै दोश्रो कार्यकालको आफ्नो जीतको औचित्य काम र जनसेवाबाट सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
थुलुङदुधकोशी गाउँपालिका वडा नं १ मा घनराज सुनुवार (नेपाली काँग्रेस)२ मा युजन वस्नेत (माओवादी केन्द्र)३ मा इन्द्रमणि (राजन) दाहाल(नेपाली काँग्रेस) ४ मा श्याम गुरुङ (नेपाली काँग्रेस)५ मा बहादुर राई (माओवादी केन्द्र),६ महेन्द्रदीप राई (नेपाली काँग्रेस)७ मा भोजराज कार्की (माओवादी केन्द्र) ८मा राजेश किराती (माओवादी केन्द्र),९ सनकुमार तामाङ (माओवादी केन्द्र) वडाधयक्षमा बिजयी भएका छन् ।

