आचारसंहिता बिपरित माप्यमा पैसा बाँड्दै गठबन्धनका अध्यक्ष उम्मेदवार चन्द्रबहादुर



सोलुखुम्बु।पाँच दलीय गठबन्धनको तर्फबाट स्थानीय तह निर्बाचनमा माप्यदुधकोशी गाउँपालिका उम्मेदवार बनेका चन्द्रबहादुर राई आचारसंहिता बिपरित आर्थिक गतिविधि गर्न थालेका छन्।

नेकपा एमालेको तर्फबाट अध्यक्षका उम्मेदवार रहेका बुद्दिकिरण राईको समूहले बिजय हांसिल गर्ने करिब निश्चित रहेको माप्यमा मतदातालाई प्रलोभनमा पार्नका लागि राईले विभिन्न संघसंस्थालाई आर्थिक सहायताको चारो फाल्न थालेको आरोप लागेको छ।

नेपाली कांग्रेस प्रदेश ‘ख’ का सचिब एबम् काँकु समाबेशी समाजका अध्यक्षसमेत रहेका राईले शनिबारमात्रै छास्कर सियोन मण्डलीलाई माप्यतरुण दलका अध्यक्ष बिनोद राईमार्फत आर्थिक सहयोग हस्तान्तरण गरेका छन्।

राईले मण्डलीमा सन्डे क्लास सञ्चालनका लागि भवन निर्माणका लागि भन्दै पचास हजार आर्थिक सहयोग गरेको माप्यका तरुण दल अध्यक्ष राईको फेसबुकवालमा उल्लेख छ। उक्त रकम सियोन चर्चका धर्मगुरु एल्डर र कोषाध्यक्ष दालिएनलाई हस्तान्तरण गरिएको थियो।आर्थिक सहयोग गरेको भन्दै तरुण अध्यक्ष राईले चन्द्रबहादुरको प्रशंसा समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्