सोताङमा एमालेको जीत सुनिश्चित छ : अम्बिरकाजी बस्नेत

मिलन नाछिरिङ,सोलुखुम्बु।नेकपा एमाले सोताङ गाउँपालिका ५ नं. वडा कमिटीले निर्बाचन लक्षित बृहत र्याली निकालेको छ ।
शिबटार, गोर्खिम, केल्चाक, लिढुङ्ग, नाम्बु, बेस्पोम, मानेदा, खबुवा, बखपल, माझघर, ठुलाघर, छेप्रेङ, डाडाँगाउँ हुँदै निस्किएको सो र्याली नेकपा एमाले सोताङको पार्टी कार्यालयमा कोणसभामा परिणत भएको थियो ।

कोणसभामा नेकपा एमाले सोताङ इन्चार्ज धनकुमार बिक,नेकपा एमाले जिल्ला सल्लाहकार सदस्य अम्बिरकाजी बस्नेत, नेकपा एमालेबाट ५ नं. वडाध्यक्षका उम्मेदवार मानबिर राईले सम्बोधन गरेका थिए । सभालाई सम्बोधन गर्दै जिल्ला कमिटीका सल्लाहकार बस्नेतले आज र्यालीमा भएको जनसहभागितले सोताङमा एमालेको जित सुनिश्चित भएको बताए ।
वडाध्यक्षका उम्मेदवार राईले निर्बाचनमा एमालेले जितेको घोषणा गर्नमात्र बांकी रहेको बताउंदै एमालेको जित भएपछि विभिन्न पार्क, पिक्निक स्पोर्ट्स बनाएर त्यहाँ बाट उठेको राजश्वबाट अशक्त, एकल र बृद्वबृद्वाहरुलाई १०० रुपैयाँ थप गरि सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।र्यालीमा झण्डै ५ सयजनाको सहभागीता रहेको थियो ।

