निर्बाचनमा बिजय हांँसिल गरेपछि सोचेभन्दा बढी काम गरेर चकित बनाउने अशिम राईको दावी



सोलुखुम्बु।नेकपा माओवादी केन्द्र जिल्ला समन्वय कमिटी सोलुखुम्बुका संयोजक अशिम राईले आशन्न स्थानीय तह निर्बाचनमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजबादीका उम्मेदवारहरुले बिजय हांसिल गरे सोचेभन्दा बढी काम गरेर नेचासल्यानबासीलाई चकित बनाउने दावी गरेका छन्।

यही बैशाख ३० गते हुने स्थानीय तह निर्बाचनलाई लक्षित गरी गठबन्धनले बिहिबारे बजारमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै प्रदेश कमिटी सदस्यसमेत रहेका राईले नेचासल्यानलाई ७ सय ५३ स्थानीय तहमध्ये एउटा नमूना गाउँपालिका बनाउने योजना आफुहरुसंग रहेको बताएका थिए।थुलुङ दुधकोशी गाउँपालिकाका निबर्तमान अध्यक्ष राईले सो गाउँपालिकाका ९ वटै वडामा माओवादी केन्द्रले अन्य पार्टीलाई क्लीन स्वीप गर्ने दावी समेत गरे।”हामी थुलुङ दुधकोशीमा जित्दैछौं,गठबन्धनका साथीहरुले यहाँ चुनाब जित्ने निश्चित छ,त्यसपछि संघीय सांसद हेमकुमार राईसंग बसेर हामी हाम्रो गाउँपालिकालाई समृद्ध कसरी बनाउने भन्ने योजना तर्जुमा गरेर अगाडी बढ्ने छौं” माओवादी केन्द्रको तर्फबाट थुलुङ दुधकोशी गाउँपालिकाका उम्मेदवार समेत रहेका राईले भने।

नेचासल्यानमा माओवादी केन्द्रका तर्फबाट अध्यक्षको उम्मेदवार रहेका भुपेन्द्र कटेललाई नेपाली कांग्रेसले भोट कटुवाका रूपमा उठाएको दावी एमाले नेता-कार्यकर्ताहरुले गर्ने गरेको बताउंदै उनले माओवादी केन्द्र र एकीकृत समाजबादीले कसैलाई हराउन नभई आफु जित्नका लागि गठबन्धन गरेर चुनावी मैदानमा होमिएको उनको भनाई थियो।माओवादी केन्द्रका तर्फबाट अध्यक्षका उम्मेदवार बनेका भुपेन्द्र र नेकपा एकीकृत समाजबादीको तर्फबाट उपाध्यक्षको उम्मेदवार बनेका डिल्ली राई दुबै सक्षम युवा भएको उनले बताए।

अघिल्लो निर्बाचनमा निर्बाचित जनप्रतिनिधिको असक्षमताका कारण नेचासल्यानको ५ बर्ष त्यत्तिकै खेर गएको आरोप लगाउदैं राईले बढीभन्दा बढी बिकास आयोजना ल्याएर गाउँपालिकालाई समृद्ध बनाउन गठबन्धनका उम्मेदवारलाई जिताउन स्थानीयबासीलाई आग्रह समेत गरे।नेचासल्यानबासी शिक्षित,सक्षम र राजनीतिक रूपमा सचेत भएका कारण पनि गठबन्धनको जित सुनिश्चित रहेकोमा आफू बिश्वस्त रहेको उनको भनाई थियो। गठबन्धनका नेचासल्यान गाउँपालिका निर्बाचन परिचालन कमिटीका संयोजक केशर राईको अध्यक्षतामा सम्पन्न सभामा अध्यक्षका उम्मेदवार कटेल र उपाध्यक्षका उम्मेदवार डिल्ली राईले आफ्नो धारणा राखेका थिए।अचानक आएको भीषण बर्षाका कारण प्रमुख अतिथि संघीय सांसदसमेत रहेका नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हेमकुमार राई सुरबीर लगायतका बक्ताहरुले मन्तव्य व्यक्त गर्न नपाउंदै सभा तितरबितर भएको थियो।

प्रतिक्रिया दिनुहोस्