सोलुखुम्बु : खरिखोलामा विभिन्न पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश

सोलुखुम्बु ।नेपाली काङ्ग्रेस खुम्बु पासाङल्हामु गाउँपालिका – १ खरिखोलामा भएको चुनाव केन्द्रित कार्यक्रमकाबिच विभिन्न पार्टीका नेता तथा कार्यकर्ता गरि ५५ जना नेपाली काङ्ग्रेस पार्टीमा प्रवेश गरेका छन् ।

२६ वर्षसम्म निरन्तर नेकपा एमालेमा रही सोलु काठमाडौ सम्पर्क समिति सचिवालय समिति सदस्य समेत रहेका खरिखोला निवासी नुरु जाङ्बु शेर्पा नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् । नेपाली काङ्ग्रेसको नीति तथा सिद्धान्तलाई मन पराएर शेर्पा लगाएत ५५ जना काङ्ग्रेस पार्टीमा प्रवेश गरेको खुम्बु पासाङल्हामु गाउँपालिका काङ्ग्रेस पार्टीका प्रवक्ता पासाङ शेर्पाले जानकारी दिनुभयो ।
यसैबीच स्थानीय निर्वाचन २०७४ मा वडा नं.-१ बाट दलित महिला सदस्यमा निर्वाचित सरिता बि. क., द्वन्द्व कालदेखि निरन्तर नेकपा माओवादी पार्टीमा रही स्थानीय निर्वाचन २०७४ मा खुला सदस्यका प्रत्यासी उम्मेदवार फुरतेन्जी शेर्पाको नेतृत्वमा यत्तिको सङ्ख्यामा नेपाली काङ्ग्रेसमा प्रवेश गरेका पार्टी प्रवक्ता पासाङ शेर्पाको भनाइ छ ।

