भित्ताखर्कमा उर्गेन थोङ्डोलिङ गुम्बाको उद्घाटन
दिप खालिङ,सोलुखुम्बु।सोलुदुधकुण्ड नगरपालिका – ७, भिताखर्कमा नवनिर्मित उर्गेन थोङ्डोलिङ गुम्बाको एक कार्यक्रमबीच समुद्घाटन सप्पन्न भएको छ ।

उक्त गुम्बा बिधिगत रुपमा पुजा गरि धर्मगुरु सेन्डक टुल्कु रिन्पोछेको बाहुलिबाट उद्घाटन कार्यक्रम सम्पन्न भएको हो । भिताखर्क शेर्पा समाजद्दारा निर्माण गरिएको गुम्बा नगरपालिकाको २० लाख र अन्य ब्यतिगत सहयोगबाट ९५ लाख बराबरिको आर्थिकमा निर्माण भएको हो । तेम्बा शेर्पा र रिन्जि शेर्पाले गुम्बा निर्माण गर्नका लागि नि:शुल्क जग्गा प्रदान गर्नु भएको थियो ।
२०७३ साल जेठमा सिल्यान्यास गर्दै निर्माण कार्य अघि बढाइएको थियो । भिताखर्क समुदाय अहिले सम्म सामुदायिक गुम्बा नभएको र यो गुम्बा निर्माण पछि इतिहास एउटा इटा थप भएको अध्यक्षको जिकिर साथै आफनो गाउँको गुम्बामा नै पुजाआज गर्न सकिने भएकोले स्थानिय हर्षित भएका छ्न ।
कार्यक्रममा शेर्पा संस्कृतिको सेब्रु नाँच प्रस्तुत गर्नुका साथै नव निर्मित गुम्बाको प्रसाद( छो) ग्रहण कार्यक्रम रहेको थियो ।

