सरकारले विधिको शासनको खिल्ली उडाएको कोइरालाको आरोप



काठमाडौं।नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तिमा आपत्ति जनाएका छन्।

सरकारले आइतबार मन्त्रिपरिषद्‌बाट चार जना एआईजीमध्ये धीरजप्रताप सिहंलाई आईजीपी नियुक्त गरेको थियो।

वरियता र प्रक्रिया मिचेर सिंहलाई आईजीपी नियुक्त गरिएको कोइरालाको आरोप छ। सिंहलाई नियुक्त गर्ने निर्णय गरेर सरकारले विधिको शासनको खिल्ली उडाउने काम गरेको कोइरालाले आरोप लगाएका छन्।

‘सरकारको यो निर्णयले सिंगो प्रहरी संगठनलाई फेरि एकपटक बिवादमा ल्याएको छ,’ कोइरालाले ट्वीटरमा भनेका छन्।

प्रतिक्रिया दिनुहोस्