थुलुङ दुधकोशी : माओवादी केन्द्रबाट उम्मेदवार बनेकी दलित महिला सदस्य निर्बिरोध निर्बाचित



सोलुखुम्बु।यही बैशाख ३० गते हुने स्थानीय तह निर्बाचनको अन्तिम नामावली प्रकाशन हुने दिन सोलुखुम्बु जिल्लामा एक दलित महिला सदस्य निर्बिरोध निर्बाचित भएकी छन्।

जिल्लाको थुलुङ दुधकोशी दुधकोशी गाउँपालिकाको वडा नं ५ मा माओवादी केन्द्रका तर्फबाट उम्मेदबार बनेकी दलित वडा सदस्य सर्मिला हिङमाङ निर्विरोध निर्बाचित भएको निर्बाचन अधिकृतको कार्यालयले जनाएको छ।

नेपाली कांग्रेसबाट विमला नेपालीले दलित वडा सदस्यका लागि दर्ता गराएको उम्मेद्वारी फिर्ता लिएपछि माओवादी केन्द्रबाट उम्मेदवार बनेकी सर्मिला निर्विरोध बनेकी हुन्।निर्बाचन आयोगले शुक्रबार उम्मेदवारी फिर्ता तथा अन्तिम नामावली प्रकाशनको कार्यतालिका तय गरेको थियो ।

थुलुङदुधकोशी नेकपा माओवादी केन्द्र जिल्ला समन्वय कमिटीका संयोजक अशिम राईको पालिका हो। निबर्तमान गाउँपालिका अध्यक्ष राई माओवादी केन्द्रको तर्फबाट अहिले पनि उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्