निरन्तर अपमान सहनु परेको भन्दै दाङमा सय बढी पुराना नेता तथा कार्यकर्ताले परित्याग गरे कांग्रेस



दाङ।स्थानीय तह निर्बाचन नजिकिंदै गर्दा नेपाली कांग्रेसका नेताहरुले पार्टी परित्याग गर्ने लहर बढेर गएको छ।

भरतपुर,तनहुं लगायत विभिन्न जिल्लामा कांग्रेस परित्याग गरेको समाचार प्रबाहित भइ रहेका बेला दाङका पुराना नेता कार्यकर्ताले पनि पार्टी छोडेको घोषणा गरेका छ्न्। दाङको तुलसीपुर उपमहानगरपालिका भित्रका एक सय बढी नेता कार्यकर्ताले कांग्रेस छोडेको अताएका हुन्। तुलसीपुरका उद्योगपति डिल्लीबहादुर बस्नेतसहित एक सय बढी नेता तथा कार्यकर्ताले कांग्रेस पार्टी परित्याग गरेका छन्। बस्नेतको नेतृत्वमा बसेको एक सय बढी नेता तथा कार्यकर्ताहरुको भेलाले पार्टी छोड्ने भन्दै सामूहिक निर्णय गरेको हो।

पार्टीले आफूहरु माथि ठूलो अन्याय र अपमान गरेको भन्दै पार्टीको कृयाशील सदस्यसमेत नहरने गरी पार्टी छोडेको उद्योगपति बस्नेतले बताए।

पार्टी परित्याग गर्नेको संख्या अझै बढ्ने उनले बताए। ‘सयौं नेता तथा कार्यकर्ताको गुनासोलाई जिल्ला, क्षेत्र र केन्द्रलेसमेत सुनेन्। बारम्बार पाखा लगाउने काम भएको हुँदा अपेहेलित भएर पार्टीमा बस्न मन लागेन पार्टी छोड्यौं,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्