देउवाको गृह जिल्लाका पूर्बसभापति मल्ल कांग्रेसबाट निष्कासित
काठमाडौं । नेपाली कांग्रेसले डडेल्धुराका निवर्तमान जिल्ला सभापति कर्णबहादुर मल्ललाई पार्टीबाट निष्काशन गरेको छ।

कांग्रेसबाट प्रदेशसभा सदस्यसमेत रहेका मल्लले कांग्रेसको विधानविपरीत गतिविधि गरेकाले निष्काशन गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा मल्लले संस्थापन इतर समूहको प्रतिनिधित्व गर्दै आएका थिए। एकलौटी गरेको भन्दै देउवालाई चुनौती दिँदै मल्लले जिल्ला अधिवेशन तथा पार्टीका अन्य गतिविधि गर्दै आएका थिए।
आसन्न स्थानीय तह निर्वाचनमा पनि उनले डडेल्धुरामा बागी उम्मेदवार उठाएका थिए। त्यतिमात्रै होइन मल्ल समूहले नेकपा एमालेसँग चुनावी तालमेल गरेको थियो।

