यी हुन् नेचासल्यानमा नेपाली कांग्रेसका २७ जना उम्मेदवार
सोलुखुम्बु।यही बैशाख ३० गते हुने स्थानीय तह निर्बाचनका लागि नेपाली काँग्रेसले धनजन राई र उपाध्यक्षमा विना राईलाई नेचासल्यानको उम्मेदवार बनाएको छ।

लामो रस्साकस्सीपछि नेपाली कांग्रेसले मनोनयन दर्ताको अन्तिम दिन सोमबार अध्यक्ष र उपाध्यक्षसहित ४ वटा वडाको उम्मेदवारी टुंग्याएको हो।एउटा वडाका उम्मेदवारहरु भने कांग्रेसले यसअघि नै घोषणा गरेको थियो । कांग्रेसका सबै उम्मेदवारहरुले सोमबार नै निर्बाचन अधिकृतको कार्यालयमा पुगि उम्मेदवारी दर्ता गराएका थिए।
अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका राई पूर्बमन्त्रीसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसी र उपाध्यक्ष विना अर्का केन्द्रीय सदस्य आङगेलु शेर्पा निकट मानिन्छन्।राई ०७४ को स्थानीय निर्बाचनमा हालका एमाले अध्यक्षका उम्मेदवार डुफकुमार बास्तोलासंग पराजित भएका थिए।उनी नेपाली कांग्रेस प्रदेश निर्बाचन क्षेत्र क का सभापतिसमेत हुन्।
उपाध्यक्षकि उम्मेदवार विना भने पत्रकारिता क्षेत्रमा कृयाशिल छन्।युवा पुस्तामा राम्रो पकड भएकी उनी नेपाल पत्रकार महासंघ सोलुखुम्बु शाखाकि उपसभापति समेत हुन्।गाउँपालिका उपाध्यक्षको उम्मेदवारमध्ये उनी निकै बलियो रहेको चर्चा नेचासल्यानमा चल्न थालेको छ।
यसैगरी, कांग्रेसबाट वडा नं १ को वडाध्यक्षमा रमेश राई र सदस्यहरुमा हिमबहादुर बस्नेत,नारायण निरौला,चिलामु शेर्पा र रेणुका बिकको उम्मेदवारी परेको छ।
निर्बाचन अधिकृतको कार्यालय नेचासल्यानका अनुसार वडा नं २ को वडाध्यक्षमा सीताराम काफ्ले तथा सदस्यहरुमा खेमराज राई,यामबहादुर कार्की,सरिता नेवार र सरिता नेपाली ,वडा नं ३ वडाध्यक्ष-चन्द्र प्रसाद आचार्य र सदस्यहरुमा छबिलाल फुयाँल,प्रेम राई,जयन्ता अधिकारी तथा सबिता दमाई कांग्रेसका उम्मेदवार हुन्।
त्यसैगरी,वडा नं ४ को वडाध्यक्षमा इन्द्रबहादुर राई (शान्ता) र सदस्यहरुमा धर्मध्वज राई(रबिन),बिष्णु बस्तोला,सन्ची माया बिक र ज्ञानु दाहाल छन भने
वडा नं ५ को वडाध्यक्षमा सन्तु राई तथा रोशन राई,अस्टमाया राई,रामकाजी खड्का र कामीले नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दर्ता गराएको निर्बाचन अधिकृतको कार्यालयले जनाएको छ।

