देउवाको गृह जिल्लामा नेपाली काँग्रेस (वीपी र एमालेबीच चुनावी तालमेल, यस्तो छ भागबन्डा



धनगढी।प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा दुई फ्याक रहेको नेपाली काँग्रेसको एक पक्षले नेपाली काँग्रेस (वीपी) मा प्रवेश गरी नेकपा एमालेसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ।

पहिलेदेखी नै कांग्रेस सभापति शेरबहादुर देउवासंग रुष्ट रहेको पूर्वजिल्ला सभापति तथा प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल समूहले एमालेसँग गठबन्धन गर्ने निर्णय गरेको हो।

आइतबार स्वाउबारी भ्यू टावरमा भएको दुई पक्षीय बैठकले जिल्लाका ७ ओटै स्थानीय तहमा चुनावी तालमेल गर्न भागबन्डा गर्ने निर्णय गरेको बताईएको छ। जसअनुसार जिल्ला सदरमुकाम रहेको अमरगढी नगरपालिकामा काँग्रेस (वीपी) बाट हरिप्रसाद भट्ट नगरप्रमुखमा र एमालेका यज्ञराज अवस्थी उपप्रमुखमा चुनाव लड्ने भएको छन्।

परशुराम नगरपालिकामा भने प्रमुखमा एमालेका केशव बोहरा र उपप्रमुख वीपी काँग्रेसलाई दिने सहमति भएको नेपाली कांग्रेस बीपीका कार्यालय सचिब सुशील वाग्लेले जानकारी दिए।

यस्तै, आलिताल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेकपा एमालेलाई दिइने छ भने भागेश्वर गाउँपालिकाको अध्यक्ष भने नेकपा एमालेलाई र उपाध्यक्ष वीपी काँग्रेसलाई दिइने भएको छ। नेपाली काँग्रेस (वी पी) को चुनाव चिन्ह करुवा रहेकोे छ ।

प्रतिक्रिया दिनुहोस्