प्रशान्ति एकेडेमीले आयोजना गर्‍यो अभिभावक सम्मेलन



काठमाडौं।वुढानिलकण्ठ १२ कपनमा रहेको प्रशान्ति एकेडेमीले अभिभावक सम्मेलन तथा विविध कार्यक्रम सम्पन्न गरेको छ ।

बैशाख ११ गते आइतवार विद्यालयको प्रागंणमा आयोजित एक कार्यक्रमकाबीच प्रशान्तीले आफ्ना अभिभावक, आगन्तुक र शुभचिन्तकहरुको उपस्थितिमा सो नयॉ प्रकारको कार्यक्रम सम्पन्न गरेको हो ।

नेसनल प्याव्सन काठमाडौका अध्यक्ष खडक वस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम
प्रशान्ति एकेडेमीका अभिभावक वासुदेव पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा सम्पुर्ण अभिभावक अतिथी रहेका थिए।

नयाँ शैक्षिक सत्र सुरु हुनै लाग्दा अभिभावक र विद्यालयबीचको सम्बन्ध सुमधुर बनाउँदै विद्यार्थीको शैक्षिक उन्नतिका लागि योगदान गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको प्रशान्ति एकेडेमीका प्रिन्सिपल समिर वास्तोलाले वताए।

यो नितान्त फरक कार्यक्रम हो ‘यो अभिभावक केन्द्रित कार्यक्रम हो, जसमा विशेषत हरेक गतिविधि विद्यार्थी र अभिभावकका लागि अभिभावकमार्फत गरिन्छ’ उनले भने। यो प्रशान्तिको पहिलो शृंखलाको अभिभावक सम्मेलन रहेको छ। यसको सेरिज प्रत्येक साल दोस्रो तेस्रो हुदै जानेछ।

कार्यक्रममा नतिजा प्रकाशन, ग्राजुएसन विशेष पुरस्कार वितरण, सॉस्कृतिक प्रस्तुतिहरुसमेत सामेल थिए। कार्यक्रममा विसेस आकर्षक चिठ्टाको नतिजा प्रकाशन गरी उपहार वितरणका साथ भव्यतापुर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्