खुम्बु पासाङल्हामु :एमालेले बनायो लोकप्रिय युवानेता मिङमाछिरीलाई अध्यक्षको उम्मेदवार



सोलुखुम्बु।नेकपा एमालेले जिल्लाको खुम्बु पासाङल्हमु गाउँपालिका अध्यक्षको उम्मेदवार मिङमाछिरी शेर्पालाई बनाएको छ।

०७४ सालको स्थानीय तह निर्बाचनमा गाउँपालिकाको वडा नं ३ को वडाध्यक्षमा बिजयी शेर्पा नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुका उपसचिव समेत हुन्।स्थानीयस्तरमा निकै लोकप्रिय रहेका शेर्पाले पछिल्लो २ बर्ष यता गाउँपालिका सन्चालनको राम्रै अनुभव हांसिल पनो गरेका छन् ।

नेकपा एमालेको पकड रहेको सो गाउँपालिकाको उपाध्यक्षमा टासील्हामु शेर्पा दोहोरिएकी छन् । उनी गत स्थानीय तहमा उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । अध्यक्षमा ङिमदोर्जी शेर्पा निर्वाचित भएका थिए । उनको निधन भएपछि उपाध्यक्ष शेर्पाले कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हालेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्